Logo
७ बैशाख २०८१, शुक्रबार
(June 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केही फेरबदलका साथ बार्सिलोनाले ल्यायो आफ्नो नयाँ जर्सी

विश्वको चर्चित फुटबल क्लब बार्सिलोनाले सन् २०१९-२०२० को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार राति स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले सन् २०१९-२० का लागि नयाँ घरेलु जर्सी सार्वजनिक गरेको हो । नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केहि फरक छ । बार्सिलोनाको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई केही फरक बनाइएको छ ।

बार्सिलोनाले ला लिगा च्याम्पियन बने पनि यो सिजनको युइएफए च्याम्पियन्स लिगको उपाधि भने उचाल्न सकेन । च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएपछि च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । बार्सिलोनालई नै पराजित गरेको लिभरपुल च्याीम्पयन्स लिगको च्याम्पियन पनि बन्यो ।

प्रकाशित मिति: Jun 4, 2019

प्रतिक्रिया दिनुहोस्