Logo
७ बैशाख २०८१, शुक्रबार
(June 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयूक्त यूवा क्लब सिमरीया सेमिफाइनलमा प्रवेश

दुहवी(उस) :  सुनसरीको भलुवामा जारि ७औँ आँभलुवा गोल्डकप फुटबल प्रतियोगिताको सोमवार भएको तेश्रो क्वाटर फाइनल खेलमा संयूक्त यूवा क्लब सिमरीया सुनसरीले गोधुली फुटबल क्लब धरानलाई २० गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफको इन्जोरी समयको दोश्रो मिनेटमा संयूक्त यूवा क्लब सिमरीयाका तर्फबाट अशोक खवासले १ गोल र दोश्रो हाफको ८० औ मिनेटमा संजोग राईले १ गोल गर्दै आफ्नो टिमलाइ सेमिफाइनलमा स्थान सुरक्षित गराए । पहिलो हाफभरी दुवै टीमबाट प्रतिस्पर्धात्मक खेल भएको थियो ।

खेलमा संयूक्त यूवा क्लब सिमरीया सुनसरीका संजोग राई ‘म्यान अफ दि म्याच’ घोषित भए । उनलाइ खेलका प्रमुख अतिथि दुहवी वडा नम्वर ९ का वडाध्यक्ष मेंहदी हुसैनले नगद ५ हजार र मेडल प्रदान गरे ।

मंगलवारको अन्तिम क्वाटर फाइनल खेल रोयल क्लब सिलिगुडी भारत र मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौंका बिच हुनेछ ।

प्रकाशित मिति: Jun 4, 2019

प्रतिक्रिया दिनुहोस्