Logo
१२ बैशाख २०८१, बुधबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँडियो प्रदेश र स्थानीय तहका लागि बजेट : कुन स्थानीय तहलाई कति ? हेर्नुहोस् सूची

केन्द्रिय अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि संसदमा पेश गरेको बजेटमा बुधबार ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ प्रदेश र स्थानीय तहका लागि छुट्याएका छन् ।

जसमध्ये सातवटा प्रदेश सरकारका लागि ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ र स्थानीय तहका लागि २ खर्ब १३ अर्ब ८२ करोड ११ लाख रुपैयाँ बाँडिएको छ ।

स्थानिय तहमा गएको बजेट मध्ये महानगरपालिकालाई ७ अर्ब ७५ करोड ११ लाख, उपमहानगरपालिकामा ७ अर्ब ९९ करोड ५२ लाख, नगरपालिकामा ९५ अर्ब २८ करोड ९९ लाख र गाउँपालिकामा १ खर्ब २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ छुट्याइएका छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट पेश गरेको थियो ।

कुन स्थानीय तहलाई कति बजेट ? हेर्नुहोस् सूची :

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्