Logo
८ बैशाख २०८१, शनिबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुचो लगाएर जनकपुरमा सरसफाई गरे राजपा अध्यक्ष महतो (फोटोफिचर)

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले प्रदेश २ को राजधानी जनकपुर स्थित कुचो लगाएर सरसफाई काममा भाग लिएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद समेत रहेका महतोले सोमवार बिहान कुचो लगाएर सरसफाई कार्यमा भाग लिएका हुन् ।

जनकपुरधाँम उपमहानगरपालिकाद्वारा संचालित स्वच्छ नेपाल वातावरण अभियान २०७५ अन्तरगत उनले सरसफाई कार्यमा भाग लिएका हुन् ।

नमूना सरसफाई कार्यक्रममा महतोसँगै जनकपुरधामका नगर प्रमुख लालकिशोर साह, नगर उपप्रमुख रिता झा, राजपा नेपाल धनुषाका जिल्ला अध्यक्ष मंडल सदस्य संजय सिंह र जनकपुरधाम ७ का वडा अध्यक्ष जनाकी राम साह लगायतका सहभागिता देखिएको थियो ।

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्