Logo
१३ बैशाख २०८१, बिहीबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. उपाध्यायको ‘तिम्रो आँखाको नानीभित्र…’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं :  गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘तिम्रो आखाँको नानी भित्र लुक्न देऊ मलाई…’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको सङ्गीत र सन्तोष लामा अनि बानिका प्रधानको स्वर रहेको छ ।

शुभाष प्रधानले निर्देशन अनि राज महर्जनको कोरियोग्राफी रहेको गीतको भिडियोमा विनु शाक्य र पुस्कर ढुंगानालाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायाँकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

डा. डी आर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

डा. डीआरलाई जेठ ५मा एक विशेष समारोहमा पनि ४ ओटा एभरेष्ट वल्र्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मान गरिएको छ । उनले प्राप्त गरेका ४ एभेरष्ट वल्र्ड रकेर्डमा राष्ट्र अनि राष्ट्रियतामा ३५ ओटा शब्द र रा रि रु समावेस भएको गीतमा, नेपाली ३७५ लोकबाजा समावेस भएको गीतको वल्र्ड रेकर्ड, एउटा गीति एल्बम जसमा विभिन्न ८ ताल समावेसको एल्वमको वल्र्ड रेकर्ड र एउटै गीतमा आठ विट समावेस गरी तयार परिएको गीतमा रहेका छन् ।

डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता/दर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्