Logo
११ बैशाख २०८१, मंगलबार
(June 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षाका नवीनतम प्रविधिलाई प्रयोगमा ल्याउन ४ दिने परामर्श बैठक सुरु

काठमाडौं : ‘सबैका लागि शिक्षा’को विश्वभरको साझा प्रयासलाई थप सुद्दढ बनाउने उद्देश्‍यले ४ दिने परामर्श काठमाडौंमा बैठक सुरु भएको छ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यस बैठकको उद्घाटन गर्दै यस प्रकारको कार्यक्रमबाट नेपालको शिक्षामा बाह्य सहयोग जुटाउन मद्दत पुग्ने बताएका छन्। उक्त बैठक ग्लोबल पार्टनरसिप फर एजुकेसनले आयोजना गरेको थियो।

मन्त्री पोखरेलले एजुकेसनद्वारा नेपालको गुणस्तरीय शिक्षाको विकासको निम्ति विगतदेखि पुर्‍याउँदै आइरहेको सहयोगको सराहना गर्दै शिक्षाको विश्वव्यापी अभ्यासलाई नेपालमा पनि ल्याउन सहयोग भइरहेको बताए। उनले संविधानमा उल्लेखित शिक्षा प्राप्तिको अधिकारलाई सुनिश्चित गर्न र शिक्षाका नवीनतम प्रविधिलाई प्रयोगमा ल्याउन यस प्रकारको कार्यक्रमले ठूलो सहयोग गर्ने बताएका छन्।

बैठकमा विश्वका विभिन्न ५५ देशबाट सहभागिता छ। बैठकमा बोल्दै पोखरेलले नेपालले सन् १९९० देखि नै शिक्षाको पहुँच अभिवृद्धिमा जोड दिँदै सबैका लागि शिक्षा अभियानमार्फत हालसम्म ९८ प्रतिशत बालबालिका विद्यालय भर्ना भएको र सबै तहको शिक्षामा लैङगिक समानता कायम रहेको बताएका छन्। हालसम्म विश्वका ७० भन्दा बढी देशले यस संस्थाको सदस्य राष्ट्रको रूपमा सहयोग गर्दै आइरहेका छन्।

प्रकाशित मिति: Jun 2, 2019

प्रतिक्रिया दिनुहोस्