Logo
११ बैशाख २०८१, मंगलबार
(June 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनलाइन पत्रकार संघको अध्यक्षतामा शिवप्रसाद सत्याल पुनः निवार्चित

काठमाडौँ : अनलाइनपत्रकार संघको अध्यक्षमा शिवप्रसाद सत्याल पुनःचयन भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न संघको दशौँ साधारणसभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको हो ।

संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन भएका छन् । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्रा कुराडटकमका गोविन्द अधिकारी चुनिनु भएको हो । यस्तै सदस्यहरुमा सेतोपाटीडटकमका प्रकाश ढुंगाना, काठमाडौं खबर डटकमका चन्डिका गुरागाईं, अन्नपूर्णकानिर्दोष घोरसाइने चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

प्रकाशित मिति: Jun 2, 2019

प्रतिक्रिया दिनुहोस्