Logo
१५ चैत्र २०८०, बिहीबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालगायकद्वय आयुष र प्रितम ‘सारेगमप’ को सेमिफाइनलमा पुग्न सफल

काठमाडौँ :  नेपालका बालगायकद्वय प्रितम आचार्य र आयुष केसी ‘सारेगमप’ को सेमिफाइनलमा पुगेका छन्। शुक्रबार दुवै बालकले फेसबुक मार्फत सेमिफाइनलमा पुगेको जानकारी गराएका छन्। भारतीय गायन रियालिटी कार्यक्रम ‘सारेगमप’ जी टिभीबाट शनिबार र आइतबार प्रशारण हुन्छ।

सेमिफाइलनमा उनीहरु सहित ६ प्रतिस्पर्धी हुने कार्यक्रमको फर्म्याट छ। बालगायन रियालिटी कार्यक्रम सारेगमप गएको फ्रेब्रुअरी ९ बाट सुरु भएको हो।

१६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन्। यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए।

https://www.facebook.com/ZeeTvIndia/videos/438380226719750/?t=0

 

https://youtu.be/bQx1fQkclgI

I१२ वर्षका आयुष र ११ वर्षका प्रितममात्र कार्यक्रममा सहभागी भएका थिए। कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएपछि उनीहरु टप ३० मा पुगेका थिए। आयुष र प्रितम २०७२ सालमा भएको शुरशाला जुनियर आइडलका प्रथम र द्वितीय विजेता हुन्।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्