Logo
१५ चैत्र २०८०, बिहीबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा अपमानित भएका एस जयशंकरले सम्हाले भारतमा विदेश मन्त्रालय, अमित शाह गृहमन्त्री

भारतको नवगठित मन्त्रिपरिषदको कार्य विभाजन गरिएको छ । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह नयाँ गृहमन्त्री बनेका छन् भने पूर्व गृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेबारी दिइएको छ।

भारतीय राजनीतिक वृतलाई अचम्ममा पार्दै मन्त्रीका रुपमा सामेल भएका एक मात्र गैर सांसद तथा पूर्व विदेश सचिव एस जयशंकरले विदेश मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका छन् ।

केहि वर्ष अघि घुमाउरो तरिकाले नेपालमा अपमानित भएका जयशंकर संयोगले भारतमा यत्तिबेला विदेश मन्त्री बनेको हुन् । नेपालमा संविधान जारी हुनुभन्दा ३ दिन अघि प्रधानमन्त्रीको दूतको रुपमा आएका तत्कालिन विदेश सचिवलाई नेपालमा कुटनैतिक अपमान गरिएको थियो ।

त्यो समयमा उनले संविधान तत्काल जारी नगर्न सन्देश दिदै मधेशी समास्यालाई हलगरेर मात्र संविधान जारी गर्नुपर्ने आसय ब्यक्त गरेका थिए ।

जयशंकरलाई खास गरी त्यस बेलाको सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेससँगै तत्कालीन एमाले र माओवादीले एक ‘हस्तक्षेपकारी’ व्यक्तिका रुपमा प्रस्तुत गर्दै कुटनैतीक अपमान गरेका थिए ।

जयशंकरको आग्रहलाई उपेक्षा गर्दै तत्कालिन सरकार र दोस्रो संविधान सभाले संविधान जारी गरेको दुई सातामा नै पूर्व राजनीतिक सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए ।

उनको कार्यकालको प्रारम्भिक पाँच महिनासम्म नेपालले संविधान जारीगरेवापत नेपालमा नाकान्दीसम्मको अवस्था आएको थियो । उक्त नाकावन्दीलाई लिएर नेपालले सिधै भारतमाथी आरोप लगाएका थिए भने भारत नेपाल सम्बन्धमा अभूतपूर्व रुपमा गिरावट पनि आएको थियो ।

संयोगले अहिले उँही तत्कालिन विदेशमन्त्रीका रुपमा जयशंकरको नियुक्तिका अवसरमा उनका सबैभन्दा बढी आलोचक केपी शर्मा ओली शुक्रवार विदेशी अतिथिका रुपमा शपथग्रहण समारोहमा उपस्थित भएका छन् ।

भारतको राष्ट्रपति भवनबाट जारी विज्ञप्ति अनुसार निर्मला सिता रमन अर्थ, रवि शंकर प्रसाद कानुन, नरेन्द्र तोमक कृषि, स्मृति इरानी महिला तथा बाल विकास, प्रकाश जाभेदकर सूचना तथा प्रसार, पियुस गोयल रेल मन्त्री, नितिन गडकरी सडक परिवहन मन्त्री बनेका छन् ।

२५ क्याविनेटसहित ५८ सदस्यीय मन्त्रिपरिषद्लाई बिहीबार करिव ६ हजार आमन्त्रित व्यक्तिहरुको उपस्थितिमा राष्ट्रपति भवन अगाडिको चउरमा राष्ट्रपति रामनाथ कोबिन्दले शपथ गराएका थिए ।

तस्विर सौजन्य : ट्वीटर र इण्डियण एक्सप्रेस

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्