Logo
१३ बैशाख २०८१, बिहीबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनौठो शहर जहाँ दिइन्छ कुरा काट्नेलाई सजायस्वरुप फोहोर उठाउने काम

फिलिपिन्स :  विश्वमा कुनै यस्तो ठाउँ छैन जहाँ कुरा काट्ने मान्छे नहोस् । हरेक समुदायमा कुरा काट्ने कोही न कोही त हुन्छन् नै । कुरा काट्ने जस्तो बानी रोकेर रोकन सकिन्न ।

तर फिलिपिन्सको एक शहरले भने शहरका मानिसहरुलाई कुरा काट्नै प्रतिबन्ध लगाउँदै आएको छ । राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरमा रहेको बिनालोनान शहरले त्यहाँ बसोबास गर्ने मानिसका लागि कुरा काट्न प्रतिबन्ध लगाएको हो ।

शहरमा अनावश्यक अफवाह नफैलियोस् र शहरका मानिसहरुले अनावश्यक कुरा काटेर समय बर्बाद नगरुन् भन्नाका लागि कुरा काट्न प्रतिबन्ध लगाइएको हो । त्यहाँ सन् २०१७ यता कुरा काट्न प्रतिबन्ध लगाइएको छ ।

यसअनुसार अरु कसैको व्यक्तिगत जीवनबारे जुनसुकै कुरा गर्न समेत पाइदैन । शहरमा को मानिसले कति ऋण लियो, कसको चक्कर कोसँग चल्दैछ कसले कसलाई धोका दियो वा यस्तै किसिमका कुरा गर्न पाइदैन । यद्यपि कुन स्तरको संवादलाई कुरा काटेको भन्ने बारे भने शहरको स्थानीय कानूनमा केही खुलाइएको छैन ।

पहिलो पटक कुरा काट्ने मानिसलाई २ सय फिलिपिनी पेसो अर्थात् ३.८ डलर जरिवाना तथा ३ घण्टा सडकको फोहोर संकलन गर्ने सजाय दिइनेछ ।

पटक पटक यस्तै ‘अपराध’ दाहार्याएमा २० डलरसम्म जरिवाना तिर्नुपर्ने तथा ८ घण्टासम्म सामुदायिक सेवा गर्नुपर्नेसम्मका सजाय तोकिएको छ । शहरमा यस्तो नियम लागू गरेयता यस्ता कुरा काट्ने गतिविधिमा उल्लेख्यीय कमी आएको त्यस शहरका मेयर रामोन गुइकोले जनाएका छन् ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्