Logo
१५ चैत्र २०८०, बिहीबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल आइएमई र बीमा संस्थानबीच बीमा सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं :  ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । यससँगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा प्रदान गर्नेछ ।

सम्झौता पत्रमा हस्ताक्षरपछि बैंकको १ सय ३७ वटै शाखा मार्फत राष्ट्रिय बीमा संस्थानको जीवन बीमा योजना खरिद गर्नुका साथै जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ । सम्झौतापत्रमा बैंकको तर्फबाट का। मु। प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र बीमा संस्थानको तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्