Logo
१३ बैशाख २०८१, बिहीबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्राइडे रिलिजः आज ३ वटा फिल्म एकसाथ भिड्दै ‘काउसो’, ‘कप्स’ र ‘कुम्भ करण’

आज शुक्रबारबाट एकसाथ ३ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका फिल्म हुन् ‘काउसो’, ‘कप्स’ र ‘कुम्भ करण’ । देशभरका स्टेसनबाट एकैसाथ प्रदर्शनमा आएका यी फिल्मका विषयवस्तु र कलाकार भने भिन्न रहेका छन् ।

‘काउसो’

अर्नभ फिल्मस् प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्म हो ‘काउसो’ । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु पराजुलीको रोमान्स रहेको फिल्ममा अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नवीन आचार्य, सुरेन्द्र चापागाईं, सन्नी भट्टराई, सोनिका बास्तोला, उग्रसेन ढुङ्गानालगायतको मुख्य भूमिका रहेको छ ।

अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मका निर्मातामा राजेन्द्र बस्नेत, सीताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन् । फिल्मको कार्यकारी निर्माता अञ्चिला केसी हुन् । मदन घिमिरेको निर्देशन रहेको फिल्मले प्रेमकथा विषयवस्तु बनाएको छ ।

‘कप्स’

एक्सन तथा लभस्टोरी कथा मिश्रित फिल्म ‘कप्स’मा अनुप विक्रम शाही प्रहरी नायब उपरीक्षकको भूमिकामा देखिएको फिल्म हो । सत्य सेवा सुरक्षणम् नारा बोकेको यो फिल्म अपहरणकारी, भ्रष्टाचारी, गुन्डागर्दी विरुद्धको कथामा केन्द्रित छ ।

सम्राट सापकोटाको निर्देशन रहेको फिल्ममा अनुपको अलवा सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायत कलाकारको अभिनय छ ।

फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त ब्यानरमा निर्माण भएको हो । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् ।

‘कुम्भ करण’

आकाश पल इन्टर्टेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘कुम्भ करण’ दीपक वलीले निर्देशन गरेका हुन् । निशा अधिकारी, गौरव पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले, प्रतिभा छेत्री, सुधव थापालगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।

रिच इन्टरटेनर्मेन्टका करण श्रेष्ठले वितरण गरेको फिल्म चित्रबहादुर घर्ती मगर र क्षितिज बस्नेतको निर्माणमा बनेको हो । गिरप्रसाद घर्तीमगर र विजय श्रेठ सहनिर्माता रहेको फिल्मको कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल ९अरूण० रहेका छन् ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्