Logo
१३ बैशाख २०८१, बिहीबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माध्यमिक तहका शिक्षकको तलब अब ४७ हजार पुग्यो

काठमाण्डु : बजेट भाषण मार्फत सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत शिक्षकको तलब वृद्धि गरेको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकको तलब दर्जा अनुसार १८ देखि २० प्रतिशत वृद्धि गरिएको छ ।

सरकारले बजेटमार्फत राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि गरेसँगै शिक्षकको पनि तलब वृद्धि हुने भएको हो ।

कसको कति पुग्यो ?

–प्राथमिक तह (तृतीय)
२२ हजार १ सय ७० बाट २६ हजार ६ सय ४ रुपैयाँ

–प्रावि द्वितीय
२३ हजार ५ सयबाट २८ हजार २ सय रुपैयाँ
–प्रावि प्रथम
३० हजार ५ सयबाट ३५ हजार ९ सय ९० रुपैयाँ

–निम्न माध्यमिक तह तृतीय
२३ हजार ५ सयबाट २८ हजार २ सय रुपैयाँ,

-निमावि द्वितीय
३० हजार ५ सयबाट ३५ हजार ९ सय ९० रुपैयाँ

-निमावि प्रथम
३२ हजार १ सयबाट ३७ हजार ८ सय ७८ रुपैयाँ
-माध्यमिक तृतीय
३० हजार ५ सयबाट ३५ हजार ९ सय ९० रुपैयाँ,
-माध्यमिक द्वितीय
३४ हजार २ सय २० बाट ४० हजार ३ सय ७९

-माध्यमिक प्रथम

४० हजार १ सय ५० बाट ४७ हजार ३ सय ७७ रुपैयाँ

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्