Logo
१३ बैशाख २०८१, बिहीबार
(May 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युरोप पुगेर ‘कुर्तावाली’ बनेकी सुहाना थापाका हेर्नुहोस् यी क्यूट तस्बिरहरु

काठमाडौं :  नायिका झरना थापा र सुहाना थापा यतिबेला फिल्म ‘ए मेरो हजुर ३’ प्रदर्शनका क्रममा युरोपको टुरमा छन् ।

झरना थापा आफ्नी छोरी सुहाना थापालाई खुबै माया र ख्याल गर्छिन् । उनी यतिबेला सुहानाका साथ युरोपका विभिन्न स्थानमा पुगेकी छिन् । युके पुगेर झरना र सुहानाले एक भिडियो पनि सार्वजनिक गरेका थिए । उक्त भिडियोमा सुहानाले भनेकी छिन् – हरेकृष्ण युके ।

युरोपमा प्रदर्शनका क्रममा ‘ए मेरो हजुर ३’ ले राम्रो प्रतिक्रिया पाएको झरना बताउँछिन् । फिल्मको प्रचारका साथै प्रदर्शनका लागि झरना र सुहाना युरोप पुगेका हुन् । युरोप बसाईका क्रममा नायिका झरना थापाले आफ्नी छोरीलाई ‘गुडिया रानी’ भन्दै केही तस्वीर शेयर गरेकी छिन् ।

‘ए मेरो हजुर ३’ सुहानाको पहिलो डेब्यु फिल्म हो । फिल्ममा अनमोल केसी उनको जोडी बनेका छन् । फिल्मको निर्देशक झरनाले नै गरेकी हुन् । पछिल्लो समय सुहाना नेपाली फिल्मका दर्शकबीच लोकप्रिय छिन् ।

प्रकाशित मिति: May 28, 2019

प्रतिक्रिया दिनुहोस्