Logo
१३ बैशाख २०८१, बिहीबार
(May 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलिउड अभिनेत्री मुर्रे सगरमाथा आरोहण गर्दै

काठमाडौँ :  हलिउड अभिनेत्री तथा गायिका म्यान्डी मुर्रे सगरमाथा आरोहण गर्न यति बेला नेपाल आइपुगेकी छन्।

आफ्ना नजिकका केही साथीहरूसँग सगरमाथा चढ्न नेपाल आएकी उनले सगरमाथा बेसक्याम्पबाट हाइकिङ गर्दै गरेका केही तस्वीरहरू आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन्। एजेन्सीका अनुसार उनी १० दिने ट्रेकिङलाई नेपाल आइपुगेकी हुन्।

उनले सगरमाथा आरोहण गर्नु आफ्ना लागि हालसम्मकै साहसिक क्षण हुने बताएकी छिन्। उनले अ वाक टु रिमेम्बर, अल आई वान्ट, लभ वेडिङ म्यारिज, मिड वेजस्ता फिल्ममा अभिनय गरेकी छिन् ।

प्रकाशित मिति: May 28, 2019

प्रतिक्रिया दिनुहोस्