Logo
१३ बैशाख २०८१, बिहीबार
(May 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजको राशिफल : हेर्नुहोस् कस्तो छ तपाईको भाग्य ?

आज मिति २०७६ जेठ १४ । तदनुसार सन् २०१९ मे २८ तारिख । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । नेपाल संवत् ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष, नवमी, तिथि मंगलबार ।

मेष :  प्रातःकाल थोरै अनुकुल देखिन्छ । मध्यान्ह पछि समयले कम साथ दिनेछ । मिलेर काम गर्दा डुविनेछ । गलत चिन्तनको शिकार हुने देखिन्छ । दुर्जनहरु पछि लाग्नेछन् । आर्थिक हिनामिना बढि हुनसक्छ । नयाँ क्षेत्रमा लगानी बढाउदा डुब्ने सम्भावना बढि देखिन्छ । परभावको सम्भावनालाई नकार्न सकिन्न । इच्छा आकाँक्षा मर्ने छन् ।

वृष :   समयले आज पनि साथ दिनेछ । सुख,शान्तिमा वृद्धि हुनेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घरमा मंगलिक कार्य हुन सक्छन् । राजनैतिक भेटघाटबाट उर्जा मिल्नेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

मिथुन :  मध्यान्हबाट समयले साथ दिनेछ । पुराना समस्या समाधान भएर जानेछन् । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । तपाई माथि आशा र भरोसा राख्ने धेरै हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । मित्रबाट सहयोग पाईनेछ । आर्थिक पक्ष दूर्वल हुदा काममा सामान्य ढिला सुस्ति हुनसक्छ । काम गर्ने जोश जागर बढ्नेछ ।

कर्कट :  समयले कम साथ दिनेछ । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने काम हुनेछ । मानसिक तनावमा भने थोरै कमि आउनेछ । जीवन सगिनी र सन्तानबाट सुख थोरै मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । धार्मिक काममा अभिरुची बढ्नेछ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने छन् ।

सिंह :  प्रतिकुल वातावरणको सामना गर्नु पर्ला । गलत चिन्तन बढ्नेछ । अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कामजोर हुनेछ । मुखको अश्वासन धेरैको पाईनेछ तर व्यवहारिक सहयोग कसैको पाईने छैन । अन्तिम चरणमा पुगेका काम रोकिन छन् ।

कन्या :  धेरै रमाईलोमा भुल्दा उपलब्धि गुम्न सक्छ सचेत हुनुहोला । आयत निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । विरोधी कमजोर बन्ने छन् । लोभ मोह बढ्नेछ । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । दापत्य जीवनमा सुखानुभूति हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

तुला :  हचुवाका भरमा काम गर्दा कुनै फाइदा हुने छैन । विचार विमर्श गरेर काम गर्नु होला । राजनैतिक व्यक्तिको विश्वास परेर काम गर्नु भयो भने डुब्नु हुनेछ । सवै सहयोगी हुने छैनन आन्तरिक कुरा नखोल्नु होला । इच्छा आकाँक्षा बढि तथा परिपूर्ति कम हुनेछन् । सामान्य प्रयासबाट लक्ष्य प्राप्ति हुने छैन ।

वृश्चिक :  काम गर्ने विश्वासिलो बातावरण बन्ने छैन । अलमलमा परेर काम गर्दा अवसर गुम्न सक्छ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । विदेशको चहाना बढ्नेछ । अतिथि सत्कारमा धन खर्च हुनेछ । वाह्य सम्बन्धमा सुधार आउनेछ ।

धनु :  विहान थोरै काम हुनेछन् । मध्यान्ह पछि समयले कम साथ दिनेछ । योजना टुक्रिने देखिन्छ । काम गर्ने जोश जागर घट्नेछ । पारिवारिक सुख शान्तिमा कमि आउनेछ । धन सम्पतिको विषयलाई लिएर आफन्तसँग मन मुटाव बढ्नेछ । राजनैतिक व्यक्तिको सहयोग लिएर काम गर्ने सपना नदेख्नु होला । व्यापार खस्किने छ ।

मकर :  समयको गति सगै काममा प्रगति हुनेछ । विगतमा नबनेका काम आज बन्ने छन् । वित्तिय कारोवारमा सुधार आउनेछ । परिवारको सहयोग लिएर काम गर्नु भयो भने अझ राम्रो हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफ्नै बाहुबलमा आर्थिक उन्नति हुनेछ । पाटर्नशिपमा कुनै काम नगर्नु होला ।

कुम्भ :  राजनैतिक हतियार प्रयोग गरेर काम गर्न खोज्दा आफै माथि फर्किनेछ । आफन्तबाट पराईको व्यवहार हुनसक्छ सचेत रहनुहोला । इच्छा आकाँक्षा बढि हुनेछन् परिपूर्ति भने कम हुनेछ । वोली कसैलाई नदिनु होला । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । आम्दानी खर्चको सन्तुलन कायम राख्न सकिने छैन । ऋण लगानी नगर्नु होला ।

मिन :  प्रातःकाल प्रतिकुल छ । मध्यान्ह पछि समय अनुकुल हुनेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । इच्छा आकाँक्षा बढ्नेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । पारिवारिक सुख शान्ति मिल्ने । मान्यजनबाट काम गर्ने प्रेरणा मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

प्रकाशित मिति: May 28, 2019

प्रतिक्रिया दिनुहोस्