Logo
८ बैशाख २०८१, शनिबार
(May 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन बनाइयो लालीगुराँसलाई राष्ट्रिय फूल ?

काठमाडौं :  नेपाल भूभागभित्र सयपत्री, मखमलीजस्ता सयौँथरी फूल छन् । गुराँसभित्रै अनेकौँ प्रजाति छन् तर लालिगुराँसलाई नै किन राष्ट्रिय फूल बनाइयो होला ? यो प्रसङ्ग र पञ्चायतको शुरुवातबीच नजिकको सम्बन्ध छ । वनस्पतिविद्हरुको सुझावलाई दरबारले ग्रहण गरेपछि पञ्चायती व्यवस्था (२०१९) यता लालिगुराँसले राष्ट्रिय फूलको पहिचान पाएको हो ।

तत्कालिन राजा महेन्द्रले २०१९ पुस १ गते सार्वजनिक गरेको संविधानले राष्ट्रिय जनावर, पन्छी, फूल, झण्डा, रङसहित अन्य राष्ट्रिय पहिचान सूचिकृत गरेपछि लालिगुराँसको परिचय फराकिलो बन्यो ।

पञ्चायतलाई सबल, सक्षम बनाउन संविधानको गृहकार्य भइरहेका बेला राष्ट्रिय फूलको पनि खोजी भएको र वनस्पति विभागले दिएको सुझावका आधारमा लालिगुराँसले राष्ट्रिय/अन्तर्रा्ष्ट्रिय पहिचान पाएको वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले बताए ।

‘दरबारले विज्ञहरुको धारणा माग्यो, हामीले धेरै विकल्प खोज्यौ, पटक-पटकको छलफलपश्चात पृथक अनि वृक्षकदको फूललाई राष्ट्रिय फूलका लागि सिफारिस गरेका थियौ’-विगत स्मरण गर्दै उनलेभने ।

प्रकाशित मिति: May 28, 2019

प्रतिक्रिया दिनुहोस्