Logo
१३ बैशाख २०८१, बिहीबार
(May 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बॉलीवुड एक्टर अजय देवगनको पिता वीरू देवगनको निधन

बलिउडका प्रसिद्ध स्टन्ट, एक्शन कोरियोग्राफर तथा निर्देशक अभिनेता अजय देवगनको पिता वीरु देवनको निधन भएको छ । उपचारर्थ रहेका देवगनको लामो समयदेखि स्वास्थ्य खराब रहेको थियो ।

उनलाई मुम्बई स्ति सान्टा क्रुजको सूर्य अस्पतालमा भर्ना गरिएको थियो । सोमवार अर्थात २७ मई, २०१९ मा मुम्बई स्थित उनको निधन भएको हो ।

वीरु एक प्रसिद्ध स्टन्ट, एक्शन कोरियोग्राफर तथा निर्देशक समेत थिए । उनले ८० भन्दा बढी फिल्महरुमा काम गरेका छन् । यसबाहेक, उनले सुपरहिट फिल्म ‘हिन्दुस्तान की कासम’ नामक चलचित्र पनि निर्देशन गरेका थिए ।

फिल्ममा न केवल एक्शन र डायरेक्शन, होइनकी वीरु एक अभिनेताका रूपमा काम पनि गरेका छन् । उनले क्रांति ९१९८१० , सौरभ ९१९७९० र सिंहासन ९१९८६० जस्ता फिल्ममा एक्टरका रुपमा देखिएका छन् ।

आफ्नै छोरा अजय देवगन अभिनित पहिलो फिल्म फूल और कांटेका समेत उनी एक्शन डायरेक्टर हुन् । त्यस्तै हिम्मतवाला, प्रेम रोग, क्रांति, दो और दो पाँच जस्ता चलचित्रहरूमा उनले निर्देशन तथा अभिनेताको रूपमा समेत काम गरेका छन् ।

उनको उत्कृष्ट चलचित्रहरूमा फूल और कांटे, हिम्मतवाला, प्रेम रोग, क्रांति, दो और दो पाँच रहेका छन् । उनी प्रायः सबैभन्दा उत्कृष्ट चलचित्रहरू एक्शन निर्दैशकको रूपमा हुन् ।

प्रायः उनी सार्ववजनिक कार्यक्रमहरुमा जानेगरेका थिएन भने पछिल्लो समय उनी अन्तिमपटक फरवरी २०१९ मा अजय देवगनको फिल्म टोटल धमालको स्क्रीनिंगमा देखिएका थियो ।

त्यसपछि उनको स्वास्थ्य निकै खराब भयो जस कारण, अजय देवगनले अन्ततः फिल्म ‘दे दे प्यार दे ‘को प्रोमोसन गर्न समेत छाडे किनभने उनी बुबाको स्वास्थ्य उपचारमा ब्यस्त भएका थिए ।

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्