Logo
६ बैशाख २०८१, बिहीबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा १ नेपालीसहित १३ आप्रवासी कामदार पक्राउ

क्वालालम्पुर :  मलेसियामा अवैधानिक रुपमा बसिरहेको आरोपमा १ नेपालीसहित १३ जना आप्रवासी कामदारहरु पक्राउ परेका छन् । मलेसियाको अध्यागमन प्रहरीद्वारा उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

बुकित विन्ताङ, बुकित जलिल, केपोङ लगायतका ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा १ नेपाली, ४ जना नाइजेरियाली, १ तान्जानियाली, ३ जना बंगालीदेशी तथा २ जना सुडानी रहेको अध्यागमन प्रहरीले जनाएको छ ।
यस्तै गुयनामा २ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विदेशी रोजगारीका लागि मलेसिया आइ श्रम अवधि सकिए पनि स्वदेश नफर्कि काम गरेका पाइएका छन् ।

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्