Logo
१३ बैशाख २०८१, बिहीबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारकै छेउमा बम बिस्फोट भएपछि आपतकालीन सुरक्षा परिषद् बैठक बस्दै

काठमाडौं :  मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार नजिकै बम बिस्फोट भएपछि सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको छ ।

बिस्फोट लगत्तै गृहमन्त्री रामबहादुर थापाले सुरक्षा बैठक बोलाईएको हो । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गृहमन्त्रालयका उच्च अधिकारीहरु सहभागी छन् ।

सिंहदरबारकै छेउमा रहेको अनामनगरमा र बुढानिलकण्ठ नगरपालिकामा पर्ने सुकेधारामा आइतबार दिउँसो ग्यास सिलिण्डर बम बिस्फोट भएको हो । बिस्फोटमा परी ३ जनाको मृत्यु भएको छ । सुकेधारामा २ र अनामनगरमा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

घटनामा ६ जना घाइते भएका छन् । घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ । बिस्फोट कसले गराएको हो रु भन्ने एकीन भइसकेको छैन । यद्यपि बिस्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुन सक्ने अनुमान गरिएको छ । विप्लव समूहले आफ्ना नेता कार्यकर्ता रिहाई माग गर्दै सोमबार बन्द आव्हान गरेको छ ।

बन्द आव्हानको अघिल्लो दिन त्रसित पार्ने उदेश्यले बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्