Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिलिन्डर ‘बम’ विस्फोटमा ‘विप्लवको संलग्‍नता’, प्रहरी भन्छ : पर्चा भेटियो

काठमाडौं : राजधानी काठमाण्डौ स्थित दुई स्थानमा आइतवार दिउँसो ग्यास सिलिन्डर ‘बम’ विस्फोट भएको छ । आइतवार दिउँसो एकै समयमा सुकेधारा र अनामनगरको घट्टेकुलोमा भएको बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार सुकेधाराका विस्फोटमा एकजनाको घटनास्थल र एकजनाको उपचारका क्रममा ज्यान गएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले अनामनगरको विस्फोटस्थलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएको छ ।

‘भोलीको बन्द सफल पारौँ’ भन्ने सन्देशसहितको प्रचा भेटिएको छ’, बोगटीले भने, ‘अनमनगरमा घरभित्रै बम पड्काइएको खुलेको छ। थप अनुसन्धान भइरहेको छ ।’

बोगटीका अनुसार सुकेधारामा भएको बम विस्फोटमा परेर दुईजनाको ज्यान गएको छ। त्यहाँ कम्तीमा पाँचजना घाइते भएका थिए। जसमा एकजनाको उपचारका क्रममा ज्यान गएको छ।

घाइतेहरुको उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको छ । अनामनगर विस्फोटमा घाइते भएका एकजनाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ।

भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको भन्दै विप्लव समूहले बन्द आह्वान गरेको थियो ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्