Logo
७ बैशाख २०८१, शुक्रबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विस्फोटनमा मृत्यु हुनेहरु विप्लव समूहका कार्यकर्ता भएको प्रहरी आशंका

काठमाडौँ : राजधानी काठमाडौं स्थित ग्यास विस्फोटनमा मृत्यु हुनेहरु नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको प्रहरीले आशंका गरेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विस्फोट गराउन सिलिण्डर बम बनाउँदै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

विस्फोटन भएका स्थानमा चन्द नेतृत्वको नेकपाको पर्चासमेत भेटिएको प्रहरीले दाबी गरेको छ । घटनास्थलहरुमा प्रहरीले अनुसन्धान जारी राखेका छन्। आइतबार अपराह्न ग्यास विस्फोटनमा परी सुकेधारामा दुई र अनामनगरमा १ जनाको ज्यान गएको छ।

सरकारले आफ्ना कार्यकर्तामाथि दमन गरेको भन्दै चन्द समूहले भोलि सोमबारका लागि बन्द आह्वान गरेको छ।

http://45.77.46.207/2019/05/91249/

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्