Logo
११ बैशाख २०८१, मंगलबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनिर्वाचित सांसदहरुलाई मोदीको सुझाव : ‘VIP संस्कृति नदेखाउनुहोला, जनतालाई रिस उठ्छ’ (फोटोफिचर)

नरेन्द्र मोदी शनिबार भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) को नेता सर्वसम्मतिले चुनिएका छन् । संसदको केन्द्रीय कक्षमा नवनिर्वाचित सांसद र वरिष्ठ नेताहरुको बैठकले मोदीलाई नेता चुनेको हो । अब मोदी नयाँ सरकार गठनको दावी पेश गर्न राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट गर्नेछन् । यसपछि मोदीलाई नयाँ प्रधानमन्त्रीको रुपमा शपथ गराइनेछ । शपथग्रहण समारोह आगामी साता आयोजना गरिने सम्भवाना रहेको छ ।

भाजपा अध्यक्ष अमित शाहले भने, ‘मोदीलाई सर्वसम्मतिले २५३ सांसदले संसदीय दलको नेता चुनेका छन् ।’ यस दौरान मोदीले संसद र नेताहरुको अभिवादन स्वीकार गरे । राजगका वरिष्ठ नेताहरुले गठबन्धका नेताको रुपमा मोदीको चुनावको समर्थन गरेका थिए । जसमा जदयू अध्यक्ष नीतीश कुमार, शिवसेना प्रमुख उद्धव ठाकरे र अकाली दलका प्रकाश सिंह बादल उपस्थिति थिए ।

यसअघि मोदी भाजपाको संसदीय दलको नेता चुनिएका थिए । केन्द्रीय कक्षमा आयोजित बैठकमा भाजनाका वरिष्ठ नेता लालकृष्ण आडवानी र मुरली मनोहरी जोशी पनि मञ्चसीन थिए । शाहले मोदीको नाम प्रस्ताव गरेका थिए भने पूर्व पार्टी अध्यक्षद्वय राजनाथ सिंह तथा नितिन गडकरीले प्रस्ताव अनुमोदन गरे ।

मोदीको चुनाव मात्र औपचारिकता थियो किनभने राजगले पहिले नै उनलाई गठबन्धनबाट प्रधानमन्त्री पदको दाबेदार घोषित गरेका थिए । संसदको केन्दूीय कक्षमा नरेन्द्र मोदीले भने, ‘२०१४ मा मैले भनेको थिएँ, मेरो सरकार देशका दलित, गरीब, पीडित, आदिवासीहरुलाई समर्पित हो । आज पनि म भन्न चाहन्छु, पाँ वर्षमा मैले भनेको कुरालाई ओझेल हुन दिइनँ ।’

उनले भने, ‘सन् २०१४ देखि २०१९ सम्म हामीले गरीबका लागि सरकार चलायौँ र आज म ठूलो सन्तोषले भन्न सक्छु आज यो सरकार देशका गरीबहरुले बनाएका हुन् ।’ नरेन्द्र मोदीले नवनिर्वाचित लोकसभा ससदस्यहरुलाई आफूनलाई बदल्न सुझाव दिए । उनले भने, ‘भीआइपी संस्कृतिसँग देशलाई ठूलो आक्रोश छ ।

हामी नागरिक हौँ भने उनीहरुसँग लाइनमा किन बस्न सक्दैनौँ । म चाहन्छु कि हामीले जनतालाई ध्यानमा राख्दै आफूहरुलाई बदलौँ । गाडीबाट रातोबत्ति हटाउँदा कुनै आर्थिक फाइदा भएन तर जनताको बीचमा राम्रो सन्देश गयो ।’ उनले भने, ‘यस देशमा धेरै नरेन्द्र मोदीको जन्म भएको छ । जो जितेर आएका छन् । उनीहरु सबै मेरा हुन् ।’

मोदीले वरिष्ठ भाजपा नेता लाल कृष्ण आडवानीलाई उद्धृत गर्दै भने, ‘आडवानी जी भन्नुहुन्थ्यो, दुई कुराबाट बच्नुपर्छ – एक छपास र दोस्रो दिखास । छपास आर्थत् छापिने मोह र दिखास आर्थन् देखिने मोह ।’ उनले नयाँ सदस्यहरुलाई भीआइपी संस्कृतिबाट बच्न सुझाव दिए ।५४२ सिटको लोकसभा निर्वाचनमा भाजपा एक्लैले ३ सय ३ सिटमा जीत हासिल गरेको छ भने कँग्रेस ५२ सिटमा समेटिएको छ ।

शनिबार राष्ट्रपति रामनाथ कोविन्दले १६ औँ लोकसभा भङ्ग गर्न क्याबिनेटको सिफारिशलाई स्वीकार गरेका छन् । १६ औँ लोसभाको कार्यकाल जुन ३ मा समाप्त हुनेछ । यसको पहिलो बैठक ४ जुन २०१४ मा बोलाइएको थियो ।

Newly elected Members of Parliament (MP) Smioriti Irani (3R) and Sunny Deol (L) arrive to attend a National Democratic Alliance (NDA) meeting at the central hall of the parliament, in New Delhi on May 25, 2019. – Modi has been formally elected as leader of the Bhartiya Janta Party (BJP) led National Democratic Alliance (NDA) during the meeting. (Photo by Prakash SINGH / AFP)
Uttar Pradesh Chief Minister Yogi Adityanath (L) meets with Shiv Sena chief Uddhav Thackeray (R) during a National Democratic Alliance (NDA) meeting at the central hall of the parliament, in New Delhi on May 25, 2019. – Modi has been formally elected as leader of the Bhartiya Janta Party (BJP) led National Democratic Alliance (NDA) during the meeting. (Photo by Prakash SINGH / AFP)
Members of Parliament (MP) of the National Democratic Alliance (NDA) raise their hands in support of Narendra Modi, elected as Leader of NDA and Indian Prime Minister designate during a meeting at the central hall of the parliament, in New Delhi on May 25, 2019. – Modi has been formally elected as leader of the Bhartiya Janta Party (BJP) led National Democratic Alliance (NDA) during the meeting. (Photo by Prakash SINGH / AFP)
In this picture taken on May 25, 2019, Indian Bharatiya Janata Party (BJP) and newly elected member of parliament for Bhopal constituency Pragya Singh Thakur (R) meets with former Deputy Prime Minister Lal Krishna Advani (C) during a meeting at the central hall of the parliament, in New Delhi. (Photo by STR / AFP)
EDS PLS TAKE NOTE OF THIS PTI PICK OF THE DAY:::::::: New Delhi: Prime Minister Narendra Modi being greeted by BJP leader Rajnath Singh upon his arrival at Parliament House, in New Delhi, Saturday, May 25, 2019. (PTI Photo/Atul Yadav) (PTI5_25_2019_000151B)(PTI5_25_2019_000202B)

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्