Logo
१३ बैशाख २०८१, बिहीबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्गो जहाजमा ग्यास चुहिएर दुर्घटना, १० को मृत्यु, १९ घाइते

जिनान : चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण १० जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ग्यास चुहिएको सम्बन्धमा जिम्मेवार केही व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनाका बारेमा अनुसन्धान थालिएको स्थानीय अधिकारीहरुले बताएका छन् । -सिन्ह्वा

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्