Logo
७ बैशाख २०८१, शुक्रबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पुनःनिर्माण शुरु

हेटौँडा : भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएका मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङ नौ खण्डेस्थित बागेश्वरी माध्यामिक विद्यालयको नयाँ भवनको निर्माण कार्य शुरु भएको छ ।

जापानी सहयोग नियोग जाइकाको रु आठ करोड ९२ लाखको आर्थिक सहयोगमा शुरु भएको सो भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवनमा २७ कोठा रहने छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रेखदेखमा एक वर्षभित्रमा निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालयमा करीब ७०० विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्