Logo
१२ बैशाख २०८१, बुधबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संघीयता असफल बानाउन खोज्दैछ ओली सरकार’ : नेता सिंह

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता असफल बानाउन लागेको आरोप लगाएका छन् ।

नेता सिंहले प्रधानमन्त्री ओलीको अहंकार धेरै दिन नटिक्ने पनि बताएका छन् । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको कार्यक्रममा आइतबार नेता सिंहले प्रधानमन्त्री ओली संघीयताविरुद्ध लागेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीका अभिव्यक्ति संविधानको मर्म र भावना विरुद्ध आउन थालेकाले मुलुकमा संवैधानिक संकटन निम्तिन सक्छु, उनले भने, प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेकाले संविधान केही हैन अब म जे बोल्छु त्यहिँ नै सबैले मान्नु पर्छ भने जस्तो गरि प्रस्तुत हुनु भएको छ । नेता सिंहले संविधानभन्दा माथी कोही हुँदैन भन्ने कुरा बुझेर प्रधानमन्त्रीले दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्न सुझाव दिए ।

जनताले सरकारबाट अपेक्षा गरेको तर सरकारको नेतृत्व भने भाषणमा मात्रै सीमित भएको भन्दै नेता सिंहले त्यो आशा र अपेक्षा क्रमशः कम हुँदै गएको बताए। उनले वर्तमान सरकारको पालामा भएका विभिन्न काण्डले पनि समस्या सिर्जना भएको बताए। उनले भने, सरकार काण्डै काण्डमा मुछिएकाले अब कुनै आशा गर्न सकिने अवस्था छैन । प्रचार बाजीमा सरकार अल्झिएको छ, जनतासँगको भावनात्मक सम्बन्ध टुटेको दिन प्रधानमन्त्रीको अहंकारको अन्त्य हुनेछु, नेता सिंहले भने। उनले सरकारका काम हेर्दा भ्रष्टाचार कम होला भन्न नसकिने धारणा राखेका थिए ।

पार्टीका संगठन सही ढंगले नचलेकाले कांग्रेसले वर्तमान चुनौतीको सामना गर्न नसकेको श्रेष्ठको भनाइ थियो। उनले पार्टीका नेता र कार्यकर्ता अनुशासित भएर पार्टी पद्दतीअनुसार चल्नुपर्नेध बताए। उनले भने, विध पद्दतिमा नबस्ने कुनै नेता विशेष को बनेर पार्टीभित्र असहयोग गर्नेहरूलाई ठेगान नलगाउदासम्म यो पार्टीको संगठन बलियो हुँदैन । पार्टी नेतृत्वमा रहेका र जिम्मेवारी पाएकाले पार्टीका गतिविधिमा पूर्ण रूपमा लाग्नुपर्ने नेता सिंहको धारणा थियो। उनले पार्टीमा झारा टार्ने काम भएकाले समस्या उत्पन्न भएको बताए ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्