Logo
१२ बैशाख २०८१, बुधबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा सामान्य ज्ञान प्रश्नोत्तर : नेपाली कांग्रेसद्वारा छाया सरकारको गठन कहिले भयो ?

१. भारतको १७औं लोकसभा निर्वाचनमा कुन पार्टीको गठबन्धनले बहुमत हासिल गरेको छ ?
-भारतीय जनता पार्टी (७ चरणमा ३९ दिन लगाई गरिएको निर्वाचनमा भारतीय जनता पार्टी गठबन्धन ३४९ सिटमा जसमध्ये भाजपा ३०३ र कंग्रेस गठबन्धन ८८ सिटमा जसमध्ये कंग्रेस ५२ सिटमा विजयी भएको छ ।)

२. नेपाली कांग्रेसद्वारा छाया सरकारको गठन कहिले भयो ?
-२०७६ जेठ ६ गते (२१ सदस्यीय सरकार,नेपालमा पहिलोपटक २०४८ सालमा पहिलोपटक तत्कालीन एमालेले छाया सरकारको गठन गरेको थियो ।)

३. २०७६ जेठ ४ मा मनाइएको बुद्ध जयन्ती कतिऔँ बुद्धजयन्ती हो ?
-२५६३ औँ

४. मध्य पहाडी लोकमार्गअन्तर्गत बिछ्याइने अप्टिकल फाइबर कति जिल्लामा सञ्जाल विस्तार गरिने भएको छ ?
-३२ जिल्लामा (२०७६ जेठ ६ गते प्र.म के.पि शर्मा ओलीद्वारा औपचारिक शुभारम्भ,२ वर्षभित्र सम्पन्न हुने, पाँचथरको चियो भन्ज्याङदेखि गोरखाको आरुघाटसम्म २१७९ किमि)

५. विश्व दूरसञ्चार दिवस कहिले मनाइन्छ ?
-मे १७ (सन २००५ देखि मनाउन थालिएको)

६. इन्डोनेसियाको राष्ट्रपतिमा दोस्रो कार्यकालको लागि को निर्वाचित भएका छन् ?
-Joko Widodo

७. BBC Women Footballer Of The Year 2019 को उपाधि कसले जितेकी छिन् ?
-एडा हेगर बर्ज (नर्वेकी राष्ट्रिय फुटबल खेलाडी, BBC ले २००५ देखि प्रत्येक वर्ष यो उपाधि दिँदै आएको छ ।

८. राष्ट्रपतिद्वारा युगकवि सिद्धिचरण पुरस्कार–२०७६ कसलाई प्रदान भयो ?
-ध्रुवचन्द्र गौतम

९. सरकारले प्रत्येक वर्ष कहिले राष्ट्रिय महिला अधिकार दिवस मनाउने निर्णय गरेको छ ?
-जेठ १६ गते (२०७६ जेठ ०९ गतेको मन्त्रिपरिषद्को निर्णय)

१०. हालै प्रकाशित ब्ल्याकहोलको तस्बिर खिच्न सफल महिला को हुन् ?
-Katie Bouman (२९ वर्षीय अमेरिकन कम्प्युटर वैज्ञानिक, पृथ्वीमा रहेको कुनै पनि दुरबिनले एक्लैले ब्लाकहोलको तस्बिर खिच्न सक्दैन ।)

११. अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०१९ मे २२ को नारा के रहेको छ ?
-‘खाद्यान्न र स्वस्थ्य जीवनका लागि जैविक विविधता’

१२. पृथ्वीको धरातलाई कतिवटा हावाका चाप पेटिकामा विभाजन गरिएको छ ?
-७ ओटा (४ उच्च चाप र ३ निम्न चाप, यसले विश्वव्यापी वायु र हावापानी निर्धारण गर्दछ ।)

१३. सरकारले २०७६ लाई कुन अभियान लिएर संघ, प्रदेश र स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ?
-लैंगिक हिंसाविरुद्धको अभियान

१४. दुर्लभ वन्यजन्तु हाब्रेको प्रजनन केन्द्र कहाँ स्थापना गरिएको छ ?
-इलामको सन्दकपुर

१५. ब्रिक्सको ११औँ सम्मेलन २०१९ मा कुन देशमा हुँदै छ ?
-ब्राजिल (१०औँ २०१८ मा दक्षिण अफ्रिकाको जोहानसवर्गमा भएको थियो ।)

१६. नेपालको संविधान २०७२ बमोजिम नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार को हुने व्यवस्था रहेको छ ?
-महान्याधिवक्ता (भाग १२, धारा १५७–१६१ सम्म महान्यायाधिवक्ता को व्यवस्था रहेको छ ।)

१७. नेपालको नयाँ राष्ट्रिय गानको सार्वजनिक कहिले भएको हो ?
-२०६४ साउन १८

१८. Father Of Microbiology भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?
-लुई पास्चर

१९. अफ्रिका महादेशमा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?
-भेल्ड

२०. नेपाल सरकारद्वारा प्रदान गरिने अलंकारहरू कतिवटा छन् ?
-९ वटा

२१. नेपालले सर्वप्रथम कुन देशसँग श्रम सम्झौता गरेको थियो ?
-कतार

२२. सार्कले कुन वर्षलाई वातावरण वर्षका रूपमा मनाएको थियो ?
-सन १९९२

२३. नेपालमा भौगर्भिक विभागको स्थापना कहिले भएको थियो ?
-२०२४ सालमा

२४.Blue and Bear केसँग सम्बन्धित छ ?
-सेयर बजार

२५. ‘मेरो रगत फ्रान्सको समृद्धिको कारण बनोस्’ यो भनाइ कसको हो ?
-लुई सोह्रौँ

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्