Logo
१५ चैत्र २०८०, बिहीबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इङ्ल्यान्डलाई लाग्यो अस्ट्रेलियाको नमिठो झट्का

विश्वकप आयोजक इङ्ल्यान्डलाई अस्ट्रेलियाको नमिठो झट्का लागेको छ ।

एकदिवसीय विश्वकप अघि शनिबार राति खेलिएको अभ्यास खेलमा इङ्ल्यान्ड अस्ट्रेलियासँग १२ रनले पराजित भएको छ । २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ८५ रनमा समेटिएको थियो ।

इङ्ल्यान्डका लागि मध्यक्रमका जेम्स भिन्सले सर्वाधिक ६४ रन बनाए । जस बटलरले ५२, क्रिस वोक्सले ४०, ओपनर जोसन रोयले ३२, टम कुुरन र मइन अलीले समान २२, बेन स्ट्रोक्सले २० र जोनी बेयरस्ट्राले १२ रन बनाए । बलिङमा अष्टे«लियाका लागि जेसन बेहरनडर्फ र केन रिचड्सनले दुई दुई विकेट लिए । नाथन लायन, एडम जम्पा, मार्कस स्टोइनिस र नाथन कुल्टर नाईलले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले एक सय १६ रनको शतकीय इनिङ खेले । ओपनर डेविड वार्नरले ४३, उस्मान ख्वाजाले ३१, एलेक्स करी र शन मार्शले समान ३०, आरोन फिन्चले १४ र मार्कश स्टोइनिसले १३ बनाए । इङ्ल्यान्डका लियाम प्लन्केटले चार विकेट लिए । मार्क उड, टक कुरन र लियाम डसनले एक/एक विकेट झारेका थिए ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्