Logo
७ बैशाख २०८१, शुक्रबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिपले किचेर १६ महिनाकी बालिकाको मृत्यु

बुटवल : पाल्पामा सडकमा खेलिरहेकी १६ महिनाकी एक बालिकाको जिपले किचेर मृत्यु भएको छ ।

निस्दी गाउँपालिका-१ डमरास्थित रीता पौड्यालकी १६ महिनाकी छोरी रितीका पौड्याललाई रामपुरबाट बाकमलाङ्गतर्फ जाँदै गरेको लु १ ज २४४४ नम्बरको जिपले सडक मै किचेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएका प्रहरी निरीक्षक भुपालसिंह रानाको नेतृत्वको टोलीले तत्काल चालक र जिपलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्