Logo
७ बैशाख २०८१, शुक्रबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता करणमाथि बलात्कारको आरोप लगाउने युवतीमाथि दुईपटक चक्कु हमला

‘जस्सी जेसी कोही नहीँ, सारा, दिशाएं’ जस्ता टेलीश्रृङ्खलाबाट चर्चित भएका अभिनेता करण ओबरोय लाई बलात्कारको आरोप लगाउने युवतीलाई चक्कुमार्फत् हमला गरिएको छ ।

एएनआईसँगको कुराकानीमा मुम्बईको ओशीवारा पुलिस स्टेशनका सिनियर इन्स्पेक्टर एसडी पसल्वरले बाइकमा सवार दुई व्यक्तिले पीडितलाई दुईपटक चक्कुले हमला गरेको जानकारी दिए ।

पुलिसका अनुसार बाइकमा सवार पीडितले महिलामाथि एउटा चिट्ठी पनि फ्याँकेका छन् जसमा लेखिएको छ, ‘आफ्नो मुद्दा फिर्ता लिउ ।’ यसबारे थप मुद्दा दर्ता गर्दै अनुसन्धान भइरहेको एसडी पसल्वरले जानकारी दिए ।

अदालतमा क्वाँ-क्वाँ रोए बलात्कारका आरोपी अभिनेता, करण अहिले पुलिस हिरासतमा छन् । उनलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्