Logo
१५ चैत्र २०८०, बिहीबार
(May 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडा अध्यक्षसहित ७ जनाको घरमा आगलागी, १ करोड ६० लाख बराबरको क्षति

संकेतिक तस्विर

अछाम :  अछामको ढकारी गाउँपालिका-४ बलाँतामा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नको लागि बालिएको आगो हावाले उडाएर घरहरुमा सल्किएको थियो ।

ढकारी गाउँपालिका-४ का वडाध्यक्ष भक्तबहादुर बुढासहित, इन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढाको घर जलेर पूर्णरुपमा नष्ट भएको स्थानीयवासी पदम बुढाले जानकारी दिए । आगलागी भएपछि पशुचौपाया मर्नुका साथै खाद्यान्न, लत्ता कपडालगायत नगद तथा जिन्सी क्षति भएको छ । आगलागीबाट मानवीय क्षति नभएको तर स्थानीयवासीका ६० वटा बाख्रा, १ गोरु जलेर मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार आगलागीबाट रु १ करोड ६० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति: May 25, 2019

प्रतिक्रिया दिनुहोस्