Logo
७ बैशाख २०८१, शुक्रबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतको कार्यालयमै १ कर्मचारीको मृत्यु

ओखलढुङ्गा : जिल्ला अदालतमा कार्यरत एक कर्मचारीको कार्यालय समयमै मृत्यु भएको छ । कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका-३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल कार्यालयमै मृत भेटिएका हुन् ।

अदालतको कर्मचारी आवास गृहमा आज अपरान्ह दाहाल मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । आराम गरिरहेका दाहाल दिनभर बाहिर नआएपछि अर्का कर्मचारीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटाएका थिए ।

अदालतका अनुसार रातिको समयमा ड्यिुटी गर्ने दाहाल दिउँसो सधैँजसो आवासगृहमा आराम गर्ने गरेका थिए । लामो समयदेखि मुटुको समस्या रहेका दाहालको अत्याधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

आवश्यक प्रक्रिया पूरा गरेर शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्