Logo
१५ चैत्र २०८०, बिहीबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६५ वर्षीय रोबर्ट बब्बी लङलाई दिईयो मृत्युदण्डको सजाय

वासिङ्टन : व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ ।

फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठ जना किशोरीलाई बलात्कार पश्चात हत्या गरेको भन्दै मृत्युदण्ड दिइएको हो । फ्लोरिडा कारागार व्यवस्थापन विभागका अनुसार स्थानीय समय अनुसार साँझ ६.५५ बजे लङलाई मृत्युदण्ड दिइएको थियो । पछिल्लो पटक एक महिलाको हत्या गरेकामा दोषी पाइएपछि लङलाई सन् १९८५ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

अनुसन्धानका क्रममा उनले अरु सात किशोरी वा महिलाको हत्या गरेको स्वीकारेका थिए । साथै पीडितहरुलाई उनले पटकपटक बलात्कार समेत गरेको अनुसन्धानमा खुलेको थियो । दुई बच्चाका बाबु लङले हिंसात्मक गतिविधि सन् १९८० को दशकको शुरुमै थालेका थिए । बलात्कार र हत्या गर्दै फरार रहने गरेका उनलाई अन्ततः प्रहरीले गिरफ्तार गरेको थियो ।

लङ समेत यसै वर्ष अमेरिकामा आठ जनालाई मृत्युदण्ड दिइएको छ ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्