Logo
१३ बैशाख २०८१, बिहीबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा डुङ्गा दुर्घटना, १० को मृत्यु

चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति वेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

यस दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको र घाइते भएका सवैलाई स्थानीय अस्पतालमा उपचारको लागि लगिएको छ । स्थानीय समयाअनुसार बिहीबार बेलुका ६:३० मा दुर्घटना भएको यस डुङ्गामा २९ व्यक्ति सवार रहेका बताइएको छ । दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्