Logo
११ बैशाख २०८१, मंगलबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘देसी गर्ल’ प्रियंकाको हातमा सजिएको छ ४३ लाखको घडी

भारतीय फिल्म उद्योगमा ‘देसी गर्ल’ को उपमा पाएकी प्रियंका चोपडाले कान्स फिल्म फेस्टिवल २०१९ को रेड कार्पेटमा डेब्यु गरिन् । प्रियंका एक यस्ती बलिउड अभिनेत्री हुन् जो भारतमा मात्र नभएर विदेशमा पनि आफ्ना अभिनय र फेसनका कारण चर्चामा हुने गरेकी छिन् ।

महंगा सामान र पहिरनकी सोखिन प्रियंका सधै आफ्नो स्टाइलबाट मानिसहरुलाई प्रभावित पार्न सफल हुने गरेकी छिन् । यस्तै एक तस्वीर निकै भाइरल भएको छ । जसमा प्रियंकाको घडीको मूल्यलाई लिएर चर्चा भएको छ ।

कांस फिल्म फेस्टिवलमा प्रियंका शिमरी व्ल्याक तथा मरुन कलरको नेकलाइन थाई हाई स्लिट गाउनमा देखिएकी थिइन् । आफ्नो यो लुक्सलाई अझ राम्रो देखाउनका लागि उलले आफ्नो कपाल, मेकअपलाई विशेष ध्यान दिएकी थिइन् ।

उनले लगाएको ह्याप्पि स्पोर्ट वाच(घडी) को कुरा गर्ने हो भने यसमा १८ क्यारेटको सुनका साथ हिरापनि जडान भएको छ । यो घडीको मूल्य सुन्ने हो भने जो कोही पनि छक्क पर्छ । यसको मूल्य करीब २६ लाख ५७ हजार भारतीय रुपैयाँ (करीब ४३ लाख नेपाली रुपैयाँ) पर्छ ।

प्रियंका चोपडाको कमाइका कारण उनका लागि यो सामान्य नै हुन सक्ला तर आम मानिसको लागि यो मूल्यले त घर नै किन्न पुग्छ ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्