Logo
८ बैशाख २०८१, शनिबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले जिम्मा पाएको १० महिनामै ठडियो दरबार हाइस्कुल

काठमाडौं : भूकम्पले भत्किएको ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) लामो समय अपलत्रपिछ मात्र अहिले स्कुलको भवन ठडिएको छ । वैशाख २०७२ को विनाशकारी भूकम्पले भत्किएको उक्त स्कुल लामो समय अपलत्रपिछ जब चीनले निर्माण थालेको झण्डै १० महिनामा नै स्कुलको भवन ठडिएको हो ।

१२८ वर्षे इतिहास बोकेको दरबार हाइस्कुल चीनको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण गरिएको हो । सुरुमा रेट्रोफिटिङ कि पुनर्निर्माण गर्ने भन्ने विवादका कारण काम भएको थिएन । तर, पुनर्निर्माण गर्ने निर्णयसँगै चीनले जिम्मा पाएको १० महिनाभित्रै तयार भएको भवनको अब फिािसिङ्को काम मात्र बाँकी छ ।

शुक्रबार चिनियाँ राजदूत हउ यान्छी नेपाली अधिकारी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले स्कुल पुनर्निर्माणको अवलोकन गरेका छन् । चिनियाँ राजदूत हउले कोठा-कोठा घुम्दै पुनर्निर्माणको प्रगति अवलोकन गरेकी थिइन् । चार तले नयाँ भवनमा ४६ कोठा छन् । कक्षा कोठामात्रै २२ वटा रहेका विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिए ।

नयाँ भवनमा आगामी मंसिरबाट पढाइ सुरु गर्ने लक्ष्य रहेको हतोले जानकारी दिए । हाल उक्त विद्यालयका विद्यार्थीहरुलाई अस्थायी रुपमा बाल्मीकि क्याम्पस परिसरमा बनाइएका टहरोभित्र पढाउने गरिएको छ । २०७५ साल साउन १८ गतेबाट दरबार हाइस्कुलको निर्माण कार्य सुरु भएको थियो । तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण कार्य सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक महतोले बताए । फिनिसिङको बाँकी काम ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीले चिनियाँ सहयोगप्रति आभार प्रकट गरे । कार्यक्रममा चिनियाँ राजदूत हउ यान्छीले नेपालमा भूकम्पले क्षति पुर्‍याएका २५ संरचना पुनर्निर्माणमा चीनले उच्च प्राथमिकता दिएको बताइन् । चीनले जिम्मा लिएका २५ संरचनामध्ये ६ वटामा काम जारी छ । त्यसैमध्येको एउटा दरबार हाइस्कुल पनि हो ।

उनले दरबार हाईस्कुलको मुख्य भवनको बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन् । प्राधिकरणका अधिकारीहरु दरबार हाइस्कुल निर्माण भूकम्पपछिको पुनर्निर्माणकै रोलमोडल परियोजना भएको बताउँछन् ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्