Logo
|| May 24, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कम्युनिष्टको पत्तासाफ : सबैभन्दा ठुला र पुराना गढ भनिएका बंगालमा शुन्य सिट 

भारतमा कम्युनिष्टहरुको पत्तासाफ भएको छ । यसपटकको निर्वाचनमा भारतको कम्युनिष्ट घटकले हालसम्मकै न्युन सिट हासिल गरेका छन् । कुनैबेलाको गढ मानिने पश्चिम बंगालमा शुन्य सिट हात लागेको छ भने केरला राज्यमा जम्मा १ सिट पाएको छ । देशभरमा कम्युनिष्टको कुल सिट मात्र ५ मा सिमित भएको छ ।

हुनत कम्युनिष्टको मत घट्न थालेको सन् २००९ देखि नै हो । सन् २००४ मा संसदीय इतिहासकै सबैभन्दा धेरै लोकसभा सिट जितेका कम्युनिष्टले लगतै पछि सन् २००९ मा जम्मा २४ सिटमात्र जिते । त्यसपछि मोदीको लहरमा कम्युनिष्टहरु झनै खुम्चिए । सन् २०१४ मा जम्मा १० भोट ल्याएको कम्युनिष्ट अहिले त्यसको पनि आधामा खुम्चिन पुगेका छन् ।

सन् २००४ मा ५९ सांसद जित्दा कम्युनिष्टले तत्कालिन युपिए सरकार गठन गर्न महत्वपूर्ण भूमिका पनि खेलेका थिए । हाल प्राप्त पाँचमध्य चार सिट तमिल नाडूबाट प्राप्त भएको थियो । त्यहाँ कम्युनिष्ट त्यति बलियो शक्ति होइनन् । उसले डीएमकै समर्थक लहरमा यति मत पाएको विश्वास गरिएको छ ।

कम्युनिष्टका केही महत्त्वपूर्ण उमेद्वारमध्य निवर्तमान सांसद तथा पोलिट्व्युरो सदस्या मोहम्मद सलिम र बदरुद्दोजा खान तिनको निर्वाचनमा क्षेत्रमा क्रमशः तेस्रो र चौँथो आएका छन् । केरलामा सबरीमाला विवाद र वायनादबाट राहुल गान्धी लड्ने निर्णयले प्रभाव पारेका देखिएको छ । त्यस्तै, कम्युनिष्टले देखाउने अनुहार भएका कन्हैया कुमारले दोस्रो भए ।

पश्चिम बंगालमा कम्युनिष्ट मत भाजपातर्फ सरेको स्पष्ट संकेत देखिएको छ । कँग्रेस लहर आएको समय कम्युनिष्टले राम्रो मत पाएको इतिहास छ । सन् १९८० मा उसले ५४ सिट जितेको वर्ष इन्दिरा गान्धी निर्वाचित भएकी थिइन् । त्यस्तै इन्दिराको हत्यापछि भएको सन् १९८४ को निर्वाचनमा उनीहरुको मत ३३ मा झर्यो । सन् १९९१ मा सोभियत संघको पतनपछि भएको निर्वाचनमा पनि उसले ५६ सिट जितेको थियो ।

“पश्चिम बंगालमा सीपीआई (एम) ले ३–४ सिट जितको आश गरेको थियो । तर जित्ने सोचिएका स्थानका निर्वाचन क्षेत्रमा ठूलो धाँधली भयो,” सीपीआई महासचिव एस सुधाकर रेड्डीले भने । कम्युनिष्टको भविष्यबारे सोध्दा रेड्डीले, “त्यसमा मूल्याकंन गर्नुपर्छ ।”

त्यस्तै रड्डीका पार्टी सहकर्मी डी. राजाले भने, “यो कम्युनिष्टको सबैभन्दा खराब हार हो । तर यो अन्त्य होइन । अहिलेको परिणामले धर्म निरपेक्षता, लोकतान्त्रिक प्रतिपक्षी पार्टीको असलफता सतहमा आएको छ । प्रत्यक प्रदेशमा उपयुक्त सिट बाडँफाडको माध्यमबाट गठबन्धन बनाउन नसक्नु सबैभन्दा ठूलो गल्ती भयो ।”

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार १५:३७

प्रतिक्रिया दिनुहोस्