Logo
८ बैशाख २०८१, शनिबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाइराख्नुहोस् :  प्रेम सम्बन्ध बलियो बनाउने ६ प्रभावकारी उपाय

भनिन्छ, प्रेममा यति ठूलो शक्ति छ, जसले हरेक असम्भ कुरालाई पनि सम्भव बनाइदिन्छ । यस्तो यथार्थ हुँदाहुँदै पनि अहिलेको आधुनिक अनि व्यस्त जीवनमा प्रेम र वैवाहिक सम्बन्धमा धेरै तनावहरु उत्पन्न हुन्छन् जसका कारण सम्बन्ध सोचेजस्तो दीर्घकालीन बन्न सक्दैन ।

जब सम्बन्धमा चिसोपना आउँदै जान्छ तब मानिस तनाबग्रस्त हुँदै जान्छ । तनाबले मानिसलाई कहिल्यै खुसी दिन सक्दैन । जब मानिस खुसी हुन सक्दैन त जीवनमा उसले केही गर्न सक्दैन । प्रेम तथा वैवाहिक जीवनलाई सुखद बनाउन यी ६ उपाय अपनाउनुहोस् ।

१.  विश्वास
आफ्नो सच्चा प्रेमका लागि सच्चा मनले विश्वास गर्नुहोस् । यदि तपाईले अलिकति पनि शङ्का गर्नुभयो भने प्रेम प्रगाढ हुँदैन ।

२.  आफ्नो प्रेमी वा प्रेमिकासँग आफैँ कुरा गर्नुस्

यदि तपाईले अरु कसैको हातबाट खबर पठाएर आफ्नो समस्याको सामाधान गर्न खोज्दै हुनुहुन्छ भने त्यो कहिल्यै नगर्नुस् । किनभने प्रेम तपाईको मनले गरेको हुन्छ अरुको दिमागले होइन । त्यसैले यसले कहिल्यै सम्बन्धलाई राम्रो बनाउँदैन ।

३.  माफी माग्नुस्
यदि तपाई आफ्नै कारणले सम्बन्ध बिग्रदै छ भने तपाईले आफ्नो कमजोरी सुधार्नै पर्छ र आफ्नो प्रेमी अथवा प्रेमीकाको सामु गएर माफी माग्नुहोस् ।

४.  खुलेर कुरा गर्नुस्
यदि तपाईको परिवारको कारणले सम्बन्ध बिग्रदै छ भने आफ्नो परिवारसँग खुलेर कुरा राख्नुहोस् र आफ्नो परिवारलाई यो सम्बन्ध यो कारणले सहि छ भनेर राम्रो सँग बुझाउँनुस् ।

५.  संयम रहनुहोस्
यदि तपाईको व्यस्तताका कारणले सम्बन्ध बिग्रदै छ भने आवेशमा आएको तनावको विस्तारै माथिका उपाए अपनाएर आफूलाई सन्तुलित बनाउनुस् ।

६.  उपाहार दिदा ध्यान दिनुहोस्
आफ्नो प्रेमी वा प्रेमीकालाई कालो, निलो या धारिलो चिज उपहारमा नदिनुहोस् । यसले वादविवाद निम्त्याउँछ । प्रेमी वा प्रेमीकालाई रातो, गुलाबी, पहेँलो वा सुनौलो रंगका वस्तुहरु उपहारमा दिनुहोस् । यसले दुई बीचको प्रेम सम्बन्धलाई अझ बढाउँछ ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्