Logo
६ बैशाख २०८१, बिहीबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदी-भाजपाले जित्दा वीरगञ्जमा र्‍याली, दीप प्रज्ज्वल, बाँडियो मिठाई

वीरगन्ज : भारतको लोकसभा चुनावमा सत्तारूढ पार्टी भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक सफलता पाएको भन्दै नेपालको वीरगन्जमा अलग अलग समूहले खुसीयाली मनाएका छन् । ती समूहले मोदीको तस्बिरसहितको ब्यानर बोकेर सहर परिक्रमा गरे भने दीप प्रज्ज्वल र मिठाइ पनि बाँडेका छन् ।

मोदीको जीतको खुसियालीम विश्व हिन्दू संगठन नामका युवाले वीरगन्जको घन्टाघरबाट मोटरसाइकल र्‍याली निकालेका हुन् । ओईसही नागरिक समाज पर्साले घण्टाघरमा मोदी नेतृत्वको पार्टीको विजयको खुसियालीमा मिठाई वितरण गरेको छ । मिठाई वितरणपछि त्यही स्थानमा बिहीबार साँझ मैनबत्ती पनि बालिएको छ ।

यसअघि मोटरसाइकल र्‍याली घण्टाघरबा गरेर हर हर मोदी, घर घर मोदी आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा लगाएका थिए । उनीहरूले मोदीको फोटो र झन्डासहित वीरगन्जको शंक्राचार्य गेटसम्म पुगेर घण्टाघरमै कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै कृष्ण चौरसियाले मोदीको जित भारतसहित नेपालको हितमा पनि रहने बताए ।

मोदीको जितले विश्वभर रहेकाहिन्दूको हित हुने बताउँदै उनले नेपाललाई पनि हिन्दू राष्ट्र घोषणा गर्न सफल हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्