Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भनेजस्तो दाइजो नपाउँदा बेहुलाले गरे बेहुली अस्वीकार

मोरङ : मोरङको जहदा गाउँपालिका-४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् ।

विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिँडेका थिए । जन्ती पनि उनीसँगै त्यत्तिकै फर्किएका थिए ।

बेहुली पक्षको उजुरीका आधारमा राजवंशीलाई जहदा-४ बाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । अभियुक्तविरुद्ध मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाहसम्बन्धी कसुरमा मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरिएको छ ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्