Logo
१३ बैशाख २०८१, बिहीबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकी काम टुक्र्याएर मेलम्ची खानेपानी आयोजनाको नयाँ ठेक्का लगाइने

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाका बाँकी काम टुक्र्याएर नयाँ ठेक्का लगाइने भएको छ । सरकारले यसको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले आयोजनाको काम अगाडि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

इटालियन कम्पनी सीएमसी भागेपछि आयोजनाको काम रोकिएको छ । सरकारले भने नीति तथा कार्यक्रममा नै एक वर्षभित्र मेलम्चीको पानी ल्याउने बताएको छ ।

यसरी काम गर्दा आर्थिक अनुशासन कायमै रहने उनले बताए । खानेपानी मन्त्रालयका प्रवक्ताका अनुसार सार्वजनिक खरिद नियमावली १४५ अनुसार कामको प्रकृतिअनुसार विभिन्न प्याकेज बनाएर ठेक्का लगाइनेछ ।

यो काम मेलम्ची खानेपानी आयोजना विकास समितिले गर्नेछ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्