Logo
११ बैशाख २०८१, मंगलबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्वीटरमा सार्वजनिक बधाईपछि प्रधानमन्त्री ओलीले फोन गरेर मोदीलाई दिए जीतको बधाई

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुन लागेकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर बधाई दिएका छन् ।

बिहीबार सार्वजनिक लोकसभा चुनावको मत परिणामले भारतीय जनता पार्टीको एकल बहुमत आउने निश्चित भएपछि ओलीले फोन गरेर मोदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

यसअघि ट्वीटरमार्फत ओलीले बधाई दिइसकेका थिए। बिजेपीले पार्टीका तर्फबाट दोस्रो कार्यकालका लागि पनि मोदीलाई नै अघि सार्ने भएको छ।

जारी मतगणनामा अहिलेसम्म बिजेपीले ३४८ स्थानमा विजय हासिल गर्ने देखिएको छ। प्रतिस्पर्धी कांग्रेसले पाँच स्थानमा जितेर ८७ क्षेत्रमा अग्रता कायम गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसैबीच भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बिजेपी गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

कांग्रेस नेतृत्वको गठबन्धनले ९५ सिटमा मात्र अग्रता लिएपछि बिहीबार साँझ दिल्लीमा भएको पत्रकार सम्मेलनमा गान्धीले मोदी र भाजपालाई धेरै धेरै बधाई दिएका हुन्।

‘यो विचारधाराको लडाइँ हो, हामी हाम्रो लडाइँमा अडिग छौँ,’ गान्धीले भने। राहुलले केरलको वायनाडबाट चुनाव जितेका छन् भने उत्तर प्रदेशको अमेठीबाट उनलाई स्मृति इरानीले चुनाव हराएकी छन्।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्