Logo
६ बैशाख २०८१, बिहीबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी पाउँछन् महिलाले बढी सेक्स आनन्द, पारिवारिक आनन्दका लागि पनि थाह पाइराख्नुस् यी उपायहरु

महिलाहरू पुरुषको तुलनामा ज्यादा लजालु हुने भएकाले आफ्नो पार्टनरलाई खुसी राख्नको लागि नै उनीहरू सेक्स गर्न राजी हुन्छन् । विभिन्न अध्ययनहरूले सेक्ससम्बन्ध राख्दा महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन् र उनीहरू आफू सन्तुष्टि लिनभन्दा आफ्नो पार्टनर सन्तुष्ट पार्न हरसम्भव प्रयास गर्छन् भनेर औल्याएको छ ।

अमेरिकी समाज सेक्सप्रति उदार छ । सेक्सका कुरा खुल्लेआम हुन्छ त्यहां । यो विषयमा धेरै अध्ययन अनुसन्धन र विचारविमर्श पनि हुने गर्छ । अमेरिकी गाइनोकोलोजिस्टहरु पुरुष र महिलाले के गर्दा बढी सेक्स आनन्द मिल्छ भनेर सार्वजनिक रुपमै बताइदिन्छन् । हो, अमेरिकी गाइनोकोलोजिस्ट डा.एडम आस्त्रजेस्कीले महिलालाई बढी सेक्स आनन्द कसरी पुग्छ भनेर खुलस्त छन् ।

उनले भनेका छन्–जुन पुरुषले सेक्स गर्दा युवतीको योनीभित्र रहेको सानो भागमा धक्का दिन्छ, त्यहीबाट महिलाहरू सेक्सबाट चरम आनन्द लिन्छन् ।

यसैले पनि अधिकांश सेक्सबाट महिलाहरूले भने जति सन्तुष्टि लिन सक्दैनन् । चरम उत्कर्षमा आउनुअगावै पुरुष थाकिसकेको वा उसले सन्तुष्टि लिइसक्ने भएकोले पनि महिलाहरू सेक्सको मामलामा सधै ठगिन्छन ।

यद्यपी महिलाहरू पनि सेक्सबाट सकेसम्म आनन्द लिने प्रयास नगर्ने होइनन । र पनि महिलाहरू कसरी चरम उत्कर्षमा पुग्छन् र यौनसन्तुष्टि प्राप्त गर्छन् भन्ने ज्ञान सेक्स गर्ने पुरुषलाई पनि थाहा नहंदा समस्या देखिन्छ ।

युवतीको योनीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लिंगले धक्का दिँदा उनीहरूले ज्यादै सन्तुष्टि पाउँछन् भन्ने ज्ञान पुरुषहरुमाहुनु जरुरी देखिन्छ ।

रोमान्टिक सम्बन्धमा उसको यौन सन्तुष्टि

समय बित्दै जाँदा पार्टनर जो रोमान्टिक सम्बन्धमा छ उसको यौन सन्तुष्टिमा कुनै उतारचढाव आउँछ कि आउँदैन यदि पार्टनरबीच यौन आनन्द कसरी बढाउन सकिन्छ भन्ने सीप छ भने के यौन सन्तुष्टि समयअनुसार बढ्न सक्छ कि समय बित्दै जाँदा पहिलो वर्षमा हुने यौन आनन्दपछि घट्दै जान्छ ।

हालसालै जर्मनीमा २ हजार ८ सय १४ जना वयस्क, जसको उमेर २५ देखि ४१ वर्ष थियो, मा यही विषयलाई लिएर अध्ययन भएको थियो । उक्त अध्ययन ती जोडीहरू जो सम्बन्धमा पूर्ण रूपमा प्रतिबद्ध छन् उनीहरूमा गरिएको थियो र यसको समय अवधि एक वर्ष लामो थियो । उनीहरूले यो अध्ययनमा ती जोडीहरूले ० देखि १० सम्म चिन्ह लगाउनुपर्ने थियो र ० भन्नाले यौन आनन्द पूर्ण रूपमा नभएको र १० भन्नाले यौन सन्तुष्टि पूर्ण रूपमा भएको ।

यसको नतिजा विवाह गरेको पहिलो वर्ष निकै उत्साहजनक भएको र दोस्रो वर्षपछि विस्तारै यौन आनन्दको अनुभूतिमा कमी आएको देखिएको थियो, तर यो अध्ययनको धेरै सीमितता भएको हुँदा हरेक जोडीमा यस्तै कुरा लागू हुन्छ भन्नेचाहिँ होइन । विशेष गरेर विवाह गरेको पहिलो वर्ष दुवै जनाले एक-अर्काको शरीरलाई बुझ्दै यौन सन्तुष्टि लिने र दिनेमा निकै मेहनत गरेको हुन्छ, त्यसैले पनि सुरुका वर्षहरूमा यौन आनन्द स्वभाविक रूपमा हुन्छ र समय बित्दै जाने क्रममा यौन सन्तुष्टि हुने नयाँ तरिकाको खोजी नगर्ने हो भने विस्तारै यौन सन्तुष्टिमा कमी आउँछ ।

यौन आनन्द पहिलो वर्षमा जस्तै कायम राख्न दुवै पार्टनरले एक–अर्कालाई रमाइलो र खुसी महसुस गराउने उपायको खोजी निरन्तर रूपमा गरी रहनुपर्ने हुन्छ र त्यसलाई आफ्नो व्यवहारमा पनि उतार्नु आवश्यक छ । यौन चाहना एउटा प्राकृतिक विषय हो । यसलाई सिकाइरहनुपर्ने आवश्यकता हुँदैन तर यसभित्रको चरम रमाइलोपन र सन्तुष्टि प्राप्त गर्न भने केही सीप सिक्नु आवश्यक छ ।

जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीँ यौनका सम्बन्धमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या नै भएका धेरै उदाहरण छन् । माथि भनिएजस्तै यौन चाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोवैज्ञानिक विषय पनि हो ।

हाम्रो समाजमा धेरै मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरी हाल्छन् । एकअर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाह पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहका स्रोत बन्न सक्छन् ।

त्यसैले विशेष गरेर एक-अर्काप्रति हरेक व्यवहारमा सम्मान हुनुपर्छ । समय अनुसार शरीरमा आएको फरकपनलाई स्वीकार गर्दै प्रशंसा गर्नु अर्को महत्वपूर्ण पाटो हो । दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ ।

त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हँसीमजाक गर्ने, यौनांगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने, गुणस्तरीय लुब्रिकेन्टस प्रयोग गर्ने, एक-अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरू गर्नु आवश्यक हुन्छ ।

आफ्नो पार्टनरलाई आफ्नो शरीर र उसको शरीर पनि दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु राम्रो उपाय हुन सक्छ । निरन्तर रूपमा यौन सन्तुष्टि हुँदा सम्बन्ध अझ बलियो, तनावमुक्त हुने र अन्य सामाजिक समस्यामा समेत एकअर्काको बलियो साथ प्राप्त हुने हुन्छ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्