Logo
१५ चैत्र २०८०, बिहीबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठेकेदारहरुप्रति प्रचण्डको आक्रोस : ढिलासुस्ती र अनियमितता गर्नेलाई कारवाही हुन्छ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक निर्माणका क्रममा ढिलासुस्ती र अनियमितता गर्ने जुन सुकै ठेकेदार कम्पनीलाई पनि कानुन अनुसार कारवाही गर्ने बताएका छन् ।

अनियमितता गरेको भए आफ्ना घरबेटी पनि उम्कन नसक्ने उनको भनाई छ । पोष्टबहादुर बोगटीको स्मृतिमा नुवाकोटको ककनीमा सुरु भएको कृषि महोत्सवको उद्घाटन गर्दै प्रचण्डले त्यस्तो बताएका हुन ।

भत्किएको बाटो प्रयोग गरेर कार्यक्रममा पुगेका प्रचण्डले त्यो आक्रोष पोखेका हुन् । त्यो भत्किएको सडकको काम उनका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीले ठेक्का लिएका थिए । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले काम नगरेको भन्दै स्थानीयवासीले विरोधमा संघर्ष समितिसमेत गठन गरेका छन् । कार्यक्रममा प्रचण्डले ८९९ जना ठेकेदारले मुलुकलाई बन्धक बनाएको बताउँदै कारबाही गर्न सरकारलाई सुझाव दिए ।

‘म जुन घरमा बसेको छु, त्यो घरबेटीसँग सम्बन्धित छ भनेर हितबहादुर तामाङले बढी नै जोड गरेर भन्न खोज्नुभएको जस्तो लाग्यो । सम्बन्धित ठेकदार कम्पनीको कहाँकहाँ ठेक्का छ भनेर थाहा पाएर घरमा बस्न गएको होइन । म गएपछि ठेक्का पाएको पनि होइन’ प्रचण्डले भने ‘उहाँले कानुन अनुसार काम नगरेको भएका कारवाही भोग्न तयार हुनुपर्छ ।’

प्रचण्डको यो भनाईपछि सरकारले सडक नबनाउने कन्स्ट्रक्शन मालिक अधिकारीमाथि कारबाहीको डण्डा चलाउन सक्ने देखिएको छ । स्थानीय र जनताका सामु नै प्रचण्ड ठेकेदारहरूप्रति आक्रामक र अधिकारीसँगै कुनै लेनादेना नरहेको बताउन नचुकेका कारण स्थानीय सरकारले उनीमाथि कारबाही चलाउन सक्छ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्