Logo
१२ बैशाख २०८१, बुधबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपक्षी दलको स्थान समेत कांग्रेसले नपाउने, अहिलेसम्म १ सिटमा विजयी, BJP लाई भारी बहुमत

छिमेकी देश भारतको १७ औं लोकसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसको अवस्था निकै कम्जोर बनेको छ । हालसम्मको मतपरिणाम अनुसार कांग्रेस पार्टी बिपक्षी दल समेत बन्नबाट चुक्ने भएको छ । अहिलेसम्मको मतपरणाम अनुसार बीजेपीले ६ सिटमा जीत हासिल गरेको छ भने ३३४ सिटमा मा अगाडी रहको छ ।

त्यस्तै कांग्रेस भने ०१ मा जीत गरेको छ र ९१ मा अग्रता देखाएको छ । त्यस्तै महागठबन्धन समेत अन्य सना दलहरुले अहिलेसम्म एउटा पनि सिटमा जीत हासिल गरेका छैनन । अन्य भने १११ सिटमा अग्रता देखाएको छ ।

यस्मा रोचक कुरा के छ भने यूपिबाट राहुल गान्धी निकै पछाडी रहेका छन् । बिहारबाट उम्मेदवार रहेका कनहैया कुमार भने २ लाख मतले पछाडी रहेका छन् । त्यस्तै बिहारबाटै उम्मेदवार रहेका शत्रुघन सिन्हा पनि पछाडी रहेका छन् । गुजरातबाट उम्मेदवार रहेका भाजपा अध्यक्ष अमित शाह भने भारी मतान्तरका साथ विजयी हासिल गरेका छन् ।

यद्यपी कांग्रेसका लागि यस दुख्द घडीमा भने एउटा खुशीको खबर पनि रहेको छ । अध्यक्ष राहुल गान्धी केरलास्थित वायनाडमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी सीपीआईका उमेदवार पीपी सुनेरलाई पराजित गरेका हुन् । तर उत्तर प्रदेशस्थित अमेठीमासमेत उमेदवार बनेका गान्धीलाई स्मृति इरानीले पछि पारेकी छन् ।

भाजपाकी स्मृति इरानीले दिउँसो ४ बजेसम्म मतगणना अनुसार एक लाख चार हजार ४९८ मत ल्याउँदा गान्धीले ९४ हजार ७३२ मत ल्याएका छन्। गान्धीले पाँच लाख २१ हजार पाँच सय ९८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी पीपी सुनेरले एक लाख ९५ हजार पाँच सय १५ मत ल्याएका छन् । ५४२ सिटका लागि सात चरणमा भएको निर्वाचनको मतगणना जारी छ ।

यसपटकको पनि प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा भारी बहुमतका साथ जित्‍न संकेत देखिन्छ । अहिलेसम्म २९४ स्थानमा भाजपा अघि छ भने ५५ स्थानमा कांग्रेस अघि छ । त्यसैगरी वाइएसआर काँग्रेसले २५ स्थानमा अगाडि छ ।

प्रधानमन्त्री मोदीले प्रतिद्‍वन्द्वीसँग अग्रता कायम गरेसँगै विश्‍वभरबाट बधाई दिने क्रम सुरु भइसकेको छ । भाजपाले पनि देशका विभिन्न स्थानमा विजय र्‍याली सुरु गरिसकेको छ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्