Logo
४ बैशाख २०८१, मंगलबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो प्रेम सफल बनाउन मान्छे कुन हदसम्म जान सक्छ ? हेर्नुस (भिडियो सहित)

काठमाडौँ : नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृंखला ‘डियर जिन्दगी’ Web Hd युब ट्युब च्यानलमा सार्बजनिक गरिएको छ । पारिवारिक कथा व्यथा समेटेको यस टेलिशृंखला हरेक बुधबार साँझ ७:०० मा नेपाल टेलिभिजनमार्फत आउने गर्छ भने Web Hd युब ट्युब च्यानलमार्फत प्रसारण पछि हेर्न सकिनेछ । उक्त सिरियलमा जनकदीप पराजुलीको निर्देशन रहेको छ ।

कि इन्टरटेन्मेन्टको प्रस्तुति र WEB HD को सहकार्यमा निर्माण भईरहेको सिरियलमा साजन घिमिरे च्यानल निर्माता,रबिन्द्र कुमार रिजाल शशि एसोसियट निर्माता,छायाँकार मच्छे नारायण श्रेष्ठ,सम्पादन धुर्ब पराजुली ‘प्रज्वलित’,लेखन तथा शृंखला निर्देशन बसन्त पोखरेलको रहेको छ ।

सुनील थापालाई फिचर्ड गरिएको सिरियलमा शुष्मा कार्की,श्रेया कार्की,अन्जु निरौला,बसन्त पोखरेल,संजय घिमिरे,संजय खतिवडा,सुनिल बस्नेत ,एजे गौतम,डीबी बम्जन,प्रदिप सिंह थापा लगाएतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्