Logo
४ बैशाख २०८१, मंगलबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ३ को नाम नेवा-तामसालिङ राख्‍न संसद्मा प्रस्ताव दर्ता

हेटौंडा : प्रदेश ३ को नाम नेवास्(तामसालिङ राख्न माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।

प्रदेश सभा सदस्य ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव तथा प्रदेश सभा सदस्यहरु प्रेमबहादुर तामाङ, सीता अधिकारी र रत्न ढकालको समर्थनमा प्रस्ताव दर्ता भएको हो । यसअघि ३ नम्बर प्रदेशको नाम गौरीशंकर राख्नु पर्ने भन्दै प्रदेश सभा सदस्य विशाल खड्काले प्रस्ताव दर्ता गरिसकेका छन् ।

प्रदेश ३ को नाममा बाग्मती, नेपाल मण्डल र पाशुपत लगायत चर्चामा छन् ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्