Logo
७ बैशाख २०८१, शुक्रबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रियल कपल प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’ प्रदर्शन मिति नजिकिदै

काठमाडौं :  रियल कपल अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको फिल्म ‘प्रेम दिवस’ ३१ जेठबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले पनि फिल्मको प्रचारप्रसार बढाएको छ ।

जसका लागि फिल्म युनिटले कहिले ट्रेलर कहिले गीत लगायतका सामाग्री सार्वजनिक गरिरहेको छ । फिल्मले केही दिन पहिले ट्रेलर सार्वजनिक गरेको थियो । प्रेम, विछोड र रोदनले भरिएको ट्रेलरमा अभिनेत्री प्रियंकाको दोहोरो प्रेम देखाइएको छ । उनलाई आयुष्मान र नवअभिनेता विशाल खरेलको प्रेममा देख्न सकिन्छ ।

एक युवतीले गरिब र धनी युवकसँग प्रेम गर्दा आइपर्ने बिषयमाथी बनेको यो फिल्म योगेश घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका, आयुष्मान र विशालको अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारहरुको पनि अभिनय छ ।

मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्