Logo
८ बैशाख २०८१, शनिबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीपीएलमा एसोसिएट आईकन सन्दीपको मूल्य ७० हजार डलर

काठमाडौं :  नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन् । सीपीएलको ड्राफ्टमा रहेका सन्दीपलाई बुधबार बार्बाडोज ट्राइडेन्टसले ७० हजार डलरमा किनेको हो ।

अघिल्लो सिजनमा सेन्ट नेभिस एण्ड पेट्रियट्सबाट खेल्दै सीपीएलमा डेब्यु गरेका सन्दीप यो सिजनमा बार्बाडोज ट्राइडेन्टमा आवद्ध भएका हुन् । पछिल्लो एक वर्ष विश्वका ठूला फ्रेन्चाईज लिगमा आफूलाई महत्वपूर्ण खेलाडीका रुपमा उपस्थित हुँदै आएका सन्दीपका लागि बार्बाडोजले ७० हजार अमेरीकी डलरको मूल्य तिरेको हो ।

नेपाली राष्ट्रिय टोलीसँगै सन्दीपले विभिन्न लिगहरुमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएका छन् । सन्दीपले अघिल्लो सिजनमा पेट्रियट्सबाट ५ खेल खेलेर १ सय ६ रन खर्चिदै ७ विकेट लिएका थिए ।

गुग्ली व्वाईको पहिचान बनाएका सन्दीपलाई एसोसियट क्रिकेटको भविष्यका रुपमा पनि हेरिएको छ । सन्दीप्ले २०१८-०१९ को सिजनमा अस्ट्रेलियाको बीग बास लिग (बीबीएल) मेलबर्न स्टार्सबाट खेलेका थिए ।

त्यस्तै, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग हुँदै आईपीएलमा आफ्नो दोस्रो सिजन पनि दिल्ली क्यापिटल्सबाटै खेलेका थिए । सीपीएलको अघिल्लो सिजनमा ५ हजार डलर पारिश्रमिक पाएका सन्दीले यो सिजनमा भने ७० हजार डलरमा बिकेका हुन् ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्