Logo
७ बैशाख २०८१, शुक्रबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व मिस नेपाल अश्मि श्रेष्ठ र भारतीय गायक सनम पुरी प्रेम सम्बन्धमा

काठमाडौँ :  सन् २०१६ की मिस नेपाल अश्मि श्रेष्ठले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । ती व्यक्ति हुन् भारतीय चर्चित गायक सनम पुरी । उनीसँग आफू प्रेम सम्बन्धमा रहेको उनले बताएकी हुन् ।

अश्मिले सनमसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धबारे खुलासा गरेकी हुन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछिका थप मिठा पलहरुका लागि पनि ।’

यसका साथै गायक सनम पुरीले पनि अश्मिसँगको आफ्नो सम्बन्धलाई आधिकारिक बनाउनका लागि त्यही फोटो एकै समयमा पोष्ट गरेका छन् ।


प्रशंसकले उनीहरुको उक्त तस्बिरलाई निकै प्रशंसा गर्दै शुभकामना दिएका छन् ।

सनम पुरी विशेषतः पुराना गीतको कभरका लागि चर्चित छन् । उनको ब्यान्डले केही समयअघि नेपालमा समेत कन्सर्ट गरेको थियो ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्